Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ : ठाकुर

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

mahantha_thakur.jpg

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताउनु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘हाम्रो लागि सबै दल फ्रेन्ड्ली नै हुन्, तर हामी प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ ।’

वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु कुर्सीका लागि नभएर मधेशको माग पुरा गराउन दौडधुपमा लागेको बताए । आफूहरुको मुद्दालाई जसले सम्बोधन गर्छ त्यसलाई समर्थन गर्ने पनि बताउनु भयो ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षधर सांसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री संविधान संशोधनका लागि तयार भएको दावी गर्नु भयो । मन्त्रीपरिषद्बाट संविधान संशोधनका अध्ययन गर्न सुझाव समूह गठन गर्ने निर्णय भएको बताउँदै उनले संविधान संशोधनको नाम सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार भएको उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu