काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी लिएर विपक्षी गठबन्धनका नेताहरू शितल निवास हिँडेका छन् ।
विपक्षमा रहेका दलहरुको भर्खर सम्पन्न बैठकपछि नेताहरु कांग्रेस संसदीय दलको कार्यालयबाट शितल निवास हिँडेका हुन् । कांग्रेस नेता गगन थापाले दिएको जानकारीअनुसार बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दै नेताहरु शितल निवास हिँडेका हुन् ।
विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न लागेको बताइएको छ ।
हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र९बाबुराम समूहका १३ जना छन् । नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ ।