Connect with us
Kapilvast Forest

सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाए

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं- एमाले नेताद्वय सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । एमाले बिवाद समाधान कार्यदलको सदस्यसमेत रहनुभएका नेताद्वयले बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको पुरानो हस्ताक्षर दुरुपयोग गरी बिपक्षी गठबन्धनमा प्रयोग गरेको जानकारी पाएपछि फोन गरेर नेता नेपाललाई नै आपत्ति जनाउनु भएको हो ।

स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार पाण्डे र बिष्टले कार्यदलको बैठकबाटै आफ्नो हस्ताक्षर प्रयोग नगर्न नेपाललाई भनेका छन । ‘मेरो त्यो पुरानो हस्ताक्षर प्रयोग नगर्नोस, बिपक्षीलाई हस्ताक्षर गरेर प्रधानमन्त्री बनाउने खेलमा लागिन्न,’ कार्यदलको बैठकबाटै नेपाललाई फोन गरेर पाण्डे र बिष्टले भन्नुभएको थियो । कार्यदल बैठक सुरु हुनै लाग्दा नेपालले आफूहरुसहित एमालेका २७ जना सांसदको हस्ताक्षर बिपक्षी गठबन्धनमा प्रयोग गर्नुभएको थियो ।

नेपालको सो काम अबैधानिक समेत छ । संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गर्दा संसदीय दलको नेता नभए पनि जुनसुकै सांसद प्रधानमन्त्रीको दावी गर्न पाउँछ । तर पार्टी बिभाजन नभएको अवस्थामा अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न मिल्दैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu