खुराफातीहरुलाई जालझेल गर्ने ठाउँ छैन: बाबुराम भट्टराई
काठमाडौं- पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारी लगायतले अब कुनै खुराफात गर्ने आधार नभएको संकत गर्दै जालझेल गरी टार्ने स्थान नभएको टिप्पणी गर्नु भएको छ ।
ओली सरकार विरुद्ध कडा टिप्पणी गर्दै आइरहेका डा। भट्टराईले धारा ७६ (५) वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तु परन्तु टार्ने ठाउँ नभएको बताउनु भएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो बताउनु भएको हो ।
जालझेल गरी टार्ने ठाउॅ छैन,खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे आम जनताले खवरदारी र प्रतिबाद गर्ने छन् उहाँले भन्नु भयो ।जनतालाई आव्हान गर्दै आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्छ उहाँले भन्नु भएको छ ।