Connect with us
Kapilvast Forest

हत्या आरोपमा एक युवक पक्राउ

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

pakrau fiture

विराटनगर -मोरङका सुन्दरहरैँचा नगरपालिका–३ का ४० वर्षीय विष्णु ऋषिदेवको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।स्थानीय २३ वर्षीय पुजन राईलाई शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

प्रवक्ता डिएसपी राईका अनुसार बिहीबार बिहान ६ बजे ऋषिदेवको शव सुतेकै अवस्थामा फेला परेको थियो। घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले स्थानीय पुजनलाई पक्राउ गरेको हो।

पुजनले फलामको बामफोक (दाउ)ले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको खुलेको प्रहरीले बताउको छ। उक्त घटनामा प्रयोग भएको दाउ पुजनको घरको भान्साकोठामा रहेको चाङमाथिबाट बरामद गरिएको उहाँले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu