Connect with us
Kapilvast Forest

आजको मौसम :पहाड र तराईमा मौसम बदली, केही स्थानमा पानी पर्ने सम्भावना

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

mausam

 

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।

शनिबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका भू–भागमा सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति पहाडी र तराईमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu