संसद विघटनविरुद्ध हिजो आ–आफ्नो ठाउँबाट लड्यौं, अब एक भएर लडौं: नेता पौडेल
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदहरुको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गर्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी गर्नुृ भयो । तर राष्ट्रपतिले दुवैको दाबी नपुगेको निष्कर्षसहित संसद विघटन गरेर चुनावको मिति घोषणा गर्नु भयो ।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरुबाट आक्रोशपूर्ण प्रतिक्रिया आइरहेका छन् ।
यसै सन्दर्भमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ । यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने उनहाँको ठहर छ ।
१४९ जना सदस्यहरुको हस्ताक्षरसहित बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष वैकल्पिक प्रधानमन्त्रीको दाबी प्रस्तुत हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरेर रापले जसरी प्रतिनिधिसभा विघटन गर्ने काममा आफूलाई सहभागी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको महान षडयन्त्रको साझेदार बन्नुभयो यो अत्यन्त दुर्भाग्यपूर्ण छ ।
यसको विरोध कांग्रेसले गर्छ । सबै किसिमबाट यसको विरोध गर्न कांग्रेस अग्रसर हुनुपर्छ । मैले भनिसकेको छु नेतृत्वलाई, संसदीय दललाई । सबैभन्दा पहिले हाम्रो संसदीय दल अगाडि हुनुपर्यो । हाम्रो संसदीय दलको नेतृत्वले अग्रसरता लिनुपर्यो । अग्रिम मोर्चामा उभिनुपर्यो यो असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदमको विरुद्धमा । यो बेलामा आएर अहिले संसदको विघटन गरेर चुनावमा लान्छु भनेर भन्नु, यत्रो विचल्ली परेको, चिहिलबिहिल राष्ट्र परेको बेलामा अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गराउँछु भन्नु यो भन्दा विडम्बनापूर्ण कुरा केही हुँदैन । यस्ताको विरुद्धमा हाम्रो पार्टीले, पार्टीको नेतृत्वले अग्रसर भएर परिवर्तनलाई बचाउनपट्टि पाइला चाल्नुपर्छ र कानूनी लडाइँ र अरु हरेक किसिमको लडाइँमा आफूलाई सरिक गराउनुपर्छ ।
हिजो जसरी यो प्रतिनिधिसभा विघटनको विरुद्ध जसरी एक भएका थियौं, हिजो सबैले आफ्नो आफ्नो ठाउँबाट काम गरेका थिए, अब सम्मिलित रुपले काम गर्नुपर्छ । सम्मिलित रुपले अगाडि बढ्नुपर्छ । अब अदालत पनि जानुपर्छ र यो संविधान बचाउने काममा काममा कांग्रेस अग्रसर रहनुपर्छ ।
सधैं गन्जागोलको स्थिति, सत्ता स्वार्थको खेल भइरहनुभन्दा अब सबै दल चुनावमा गए हुँदैन रु
चुनावमा गए पनि त्यही कुरा दोहोरिने होइन रु तिनै मान्छे आउने होइनन् रु त्यही प्रवृत्ति दोहोरिने होइन रु म त यो प्रवृत्ति अन्त्य चाहन्छु । प्रवृत्तिको अन्त्य गर्नका लागि कम्मर कस्नुपर्छ एकपटक । आफैंमात्र सबैथोक भन्ने प्रवृत्तिबाट देशलाई मुक्त गराउनका लागि हामी सबै स्वच्छ मनले अग्रसर हुनुपर्छ ।
पहिले चुनाव हुनसक्ने परिस्थिति आओस् । चुनाव हुने स्थिति बनोस् । कांग्रेस चुनावबाट कहिले भागेको छ रु तर त्योभन्दा अगाडि नै यो संविधानलाई फाल्ने, त्यसको घाँटी निमोठ्ने प्रपञ्च अगाडि बढ्यो । यो कुरालाई बुझ्नुपर्यो कांग्रेसले ।