Connect with us
Kapilvast Forest

निषेधाज्ञाले कुखुरा व्यवसायी मारमा

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

boilar

ताप्लेजुङ-कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् ।लामो समयदेखिको बन्दाबन्दीका कारण बिक्रीका लागि तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा व्यवसायीलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ ।

“कम्तीमा एक महिनादेखि तीन महिनासम्मका ७०० कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो छैन, तीन महिनापछि कुखुरा हुर्किँदैनन्, दानापानीमा ठूलो खर्च आउँछ, समस्या आइलाग्यो”, फुङलिङ नगरपालिका–१ का कुखुरा व्यवसायी लक्ष्मी मादेनले भन्नुभयो ।

उहाँका अनुसार अहिले कुखुरालाई खुवाउने दानासमेत महङ्गो भएको छ । कुखुरा नबिकेपछि दानापानी, औषधिमा लाग्ने खर्चको समेत अभाव हुन थालेको उहाँले बताउनुभयो ।

यता फुङलिङ नगरपालिकाकै इन्द्र सुनुवारको फार्ममा समेत करिब ६०० कुखुरा हुर्केर बिक्रीका लागि तयारी छन् । तर कहिले बिक्री हुने भन्नेमा अन्योल छ । दिनानुदिन सङ्क्रमण बढिरहेकाले बन्दाबन्दी थपिने र बिक्री नहुने सुनुवारलाई चिन्ता छ । व्यवसायीबाट बाँकीमा ल्याएको औषधि तथा दानाको पैसा बुझाउनसमेत नसकिएकाले समस्या थपिएको उहााले बताउनुु भयो ।

लामो समयसम्म कुखुरा बिक्री नहुँदा उनीहरुलाई मात्रै नभई जिल्लाभरका व्यवसायीलाई उस्तै समस्या छ । कुखुरा हुर्किने समय कटेपछि दानापानीमा धेरै खर्च हुने र कतिपय मर्ने भएकाले समेत ठूलो घाटा हुने गरेको व्यवसायी बताउँछन् । तीन महिना पुगेपछि तौल नबढ्ने तर दानापानीमा चाहिँ ठूलो खर्च आइरहने हुँदा मारमा परेको व्यवसायीको भनाइ छ ।

ताप्लेजुङमा १२२ किसान कुखुरा व्यवसायी सङ्घमा आबद्ध छन् । उनीहरुमध्ये आधाजसोले ठूलो लगानीमा फार्म खोलेर व्यवसाय गरिरहेका छन् । यहाँ उत्पादित कुखुरा स्थानीय बजारमै खपत हुने गरेको छ । तर तीन सातादेखि फुङलिङमा लागेको निषेधाज्ञाले पूरै बजार पसल ठप्प छन् । अन्यत्र पठाउने पनि ठाउँ नहुँदा खर्च बढाउँदै बस्न बाध्य भएको व्यवसायीले बताउनुभयो ।

यता औषधि र दानाको व्यापार व्यवसाय चलाउँदै आएका व्यवसायीलाई समेत समस्या छ । कुखुरापालकबाट समयमा नै पैसा उठ्न नसक्दा दैनिकजसो आयात गर्न कठिनाइ भएको हो । “लगानी गरेर व्यावसायिकरूपमा फार्म सञ्चालन गर्नेलाई बाँकी दिनैपर्छ, उनीहरुले कुखुरा हुर्काएर बिक्रीपछि ल्याउने गर्छन्, तर यसपटक बन्दाबन्दीले कुखुरा नबिक्दा उनीहरुले पनि ल्याउन सकिरहेका छैनन्, तर दैनिकजसो ठूलो मात्रामा दाना, औषधि भने उपलब्ध गराउनुपर्ने बाध्यता छ”, इरोयान एग्रोभेटका सञ्चालक नरेन्द्र मादेनले भन्नुभयो । मादेन आफैँ कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu