विपक्षमा रहेका सांसदको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनौ: नेता शर्मा
काठमाडौँ – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले विपक्षमा रहेका सांसदहरुको बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्ने प्रस्ताव गनुृ भएको छ ।
नेता शर्माले सभामुखले बैठक बोलाउने र सोही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने प्रस्ताव शर्माले गर्नु भएको हो । ‘सभामुखले बैठक बोलाउने ।
त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उहाँले भन्नुभयो , ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताकोतस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’ त्यस्तै, नेता शर्माले यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरु समक्ष राखिसकेको पनि उहाँले बताउनुभएको छ ।