Connect with us
Kapilvast Forest

सिंगापुरबाट आएको १३ टन कोभिड–१९ सम्बन्धी सहायता सरकारलाई बुझाइयो

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट काठमाडौं आई पुगेको छ ।

तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा।लि। का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट ती सामान नेपाल ल्याइएको हो।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्री, हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज एक समारोहमा हस्तान्तरण गर्नु भएको छ ।

यसमा १२३,००० भन्दा बढी फोर्टिट्यूड ३।० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, ए स्टार , ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ म्याजेक ३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पप, नन्–इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu