विश्व स्वास्थ्य संगठनले नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउने
काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी साता नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गर्ने डब्ल्यूएचओले जनाएको छ ।
अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका अनुसार हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले वितरण गरिने सहयोगका मुख्य सामग्री हुन् ।