Connect with us
Kapilvast Forest

हानिकारक सेनिटाईजर उत्पादन तथा बिक्री बितरण गर्ने उद्योग सञ्चालक पक्राउ

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – प्रहरीले बालाजु औद्योगिक क्षेत्र भित्र उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगमाका सञ्चालक र उत्पादित सामान पक्राउ गरेको छ । गैर(कानूनी रुपमा मापदण्ड बिपरीत हानिकारक रासायनिक पदार्थ मिसावट गरी सेनिटाईजर उत्पादन तथा बिक्री बितरण गर्ने क्रममा उक्त उद्योगका संचालकहरु र सेनिटाईजर पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला, का.म.पा.२२ घर भई हाल का.जि.का.म.पा.१३ ताहाचल बस्ने उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योग संचालक महाविर प्रसाद अग्रवालको छोरा वर्ष ४३ को कमल अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला, का.म.पा.२२ घर भई हाल का.जि.का.म.पा.१३ बस्ने उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका प्रोपाईटर वर्ष ४८ को राकेश अग्रवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

आइपी रसायन भएको २०० लिटर ड्रम ८ थान, स्यानिटाइजर बनाउने रसायन २०० लि।ड्रम ७ थान, पीजी, एलएलपी र ग्याल्यसिन रहेको २०० लिको ड्रम ५ थान, ५०० मि.लि.भएको स्यानिटाइजर १२७ कार्टुन पक्राउ गरेको प्रहरीले जनाएको छ । १०० मि.लि.भएको साइनीटाइजर ३५ कार्टुन, ५ लि.भएको स्यानिटाइजर ४० कार्टुन १ लि.को भएको स्यानिटाइजर २ कार्टुन पक्राउ गरेको छ ।

त्यस्तै, उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लि.का.म.न.पा.१३ चागल स्वयम्भुबाट समेत १०० मि.लि.भएको स्यानिटाइजर ७८ कार्टुन, ५०० मि.लिभएको स्यानिटाइजर २२ कार्टुन, ५ लि.भएको स्यानिटाइजर २१ कार्टुन र १०० मि.लि.भएको स्यानिटाइजर ५८ किरेट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ठमेल बस्ने सुमन लामाले संचालन गरेको लामा समिप ईण्टरप्राईजेज प्रा.लि मा विना ईजाजत उत्पादन गरिएको स्यानिटाइजर लुकाई छिपाई राखेको अबस्थाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले २९५ ग्यालिन गरि जम्मा १४७५ लि स्यानिटाइजर फेला परेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu