ओलीद्वारा स्थायी कमिटी बैठक आवहान
काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाउनुभउको हो ।
बैठकमा माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल हुने र थप कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिनुभयो ।नेकपा एमालेका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए ।
विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै प्रधानमन्त्री ओलीले हस्ताक्षरकर्ता सांसदहरुलाई कारबाहीको तयारी गरेको एक नेताले जानकारी दिनुभयो ।आइतबार पत्रकारहरुसँग कुरा गर्दै माधवकुमार नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गरेका थिए ।