साहित्यकार डा गिरिको निधन
काठमाडौं-साहित्यकार डा वानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुन्थ्यो ।
त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँ विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकीउनुभएको । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भइन् नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२० उहाँ पहिलो नारी हो ।
डा गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । डा गिरिका पति, एक छोरा र एक छोरी गर्नु भएको छ ।