Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा थप १० दिन निशेधाज्ञा

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-अर्घाखाँचीमा १० दिन निषेधाज्ञा थप भएको छ । कोरोना संक्रमण बढ्दैगएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले  १० दिन निषेधाज्ञा थप गर्ने निर्णण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्नुु पौडेलले एक सूचना जारी गर्दै जेठ २० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराउनुभएको छ । कोरोनाको दोस्रो लहरमा गएको यही वैशाख २० गते देखि जेठ १० बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञाको समय आज राति सकिन लागेपछि निषेधाज्ञाको समय थप गरिएको हो ।

आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक १० दिन लागि निशेधाज्ञा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा कोभिड १९ को संक्रमितको संख्यामा वृद्धि भए सङ्गै यसलाई थप कडाई बनाउदै म्याद थप्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu