Connect with us
Kapilvast Forest

१२ अस्पताललाई थप ८ करोड १० लाख बजेटको सहमति

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

ncn artha mantralya

काठमाडौं – विभिन्न अस्पतालमा स्वास्थ्य उपकरण जडान गर्न अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ । पछिल्लो दुई साता यता मात्र मन्त्रालयले देशभरका अस्पतालका लागि साढे ५ अर्ब रुपैयाँको सहमति दिइसकेको छ ।

मन्त्रालयका अनुसार अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिद गर्न १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँको सहमति दिइएको छ ।

 

सोमबार दिइएको सहमति अनुसार त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ ।

जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu