Connect with us
Kapilvast Forest

सुरु भयो शक्तिशाली चक्रवात यासको असर

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं-बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यासको असर नेपालमा पनि सुरु भएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुासर आज (मंगलबार) बिहानैदेखि यासको आंशिक प्रभाव सुरु भएको हो।

जसका कारण आज (मंगलबार) बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। देशका बाँकी प्रदेशमा भने मौसम आंशिक मात्र बदली छ।आज दिउँसोपछि देखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रवात यासले नेपालमा पार्न सक्ने सम्भावना र सजगताबारे मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिन जारी गरेर बताइसकेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu