सगरमाथाको २६ औं आरोहण रद्द गरी फर्किए कामीरिता
काठमाडौँ — आफ्नै कीर्तिमान तोड्दै हालै मात्र २५ औं पटक सगरमाथाको चुचुरोमा पाइला राखेर विश्व कीर्तिमान कायम गरी २६ औं पटकका लागि आरोहणको लागि आधारशिविर पुगेका कामीरिता शेर्पा मंगलबार काठमाडौं फर्किनुभएको छ । उहाँलाई काठमाडौं विमानस्थलमा परिवारले स्वागत गर्नु भएको थियो । स्वागतका लागि श्रीमती, छोरा लगायत उपस्थित हुनुन्थ्यो ।
कामीरिता वैशाख २४ गते आरोहीहरुका लागि बाटो बनाउँदै चुचुरोमा पुग्नुभउको थियो । त्यो २५ औं पटकको सगरमाथा आरोहण थियो । एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्ने तयारीमा रहनुभएका कामीरिताले काठमाडौं तीनचुलीमा रहेको आफ्नो परिवारको अनुरोधमा २६ औं पटकका लागि तय गरिएको आरोहण रद्द गर्नु भएको हो ।
यसअघि कामीरिताले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दोहोर्याएर सगरमाथा आरोहण गर्नु भएको थियो ।