यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ:नायिका ढुंगाना
काठमाडौं-नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गर्नु भएको छ । उहाँले कलाकार हरिहर अधिकारीका पिताको निधनपछि मनको भावना व्यक्त गर्नुभएको हो ।
करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेख्नुभएको हो –‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’
नीताले यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्नेहरु यहाँ कुर्सीका लागि लडिरहेको भन्दै आक्रोश पोख्नु भएको हो । उनले, समयमा अस्पतालमा उपचार नपाएर आफूले नजिकको अग्रज गुमाएको समेत उल्लेख गर्नु भएको छ। नीताले हरिहरका पिताले समयमै उपचार पाएको भए यो दुःखद क्षण नआउनेतर्फ संकेत गर्नु भएको छ ।
उहाँले, समयमा नै आइसियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायूमा ज्यान गुमाउनु पर्दैन थियो होला भन्दै आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताउनु भएको ।हरिहरका पिताको कोरोना संक्रमणका कुरा उपचारका क्रममा निधन भएको थियो ।