Connect with us
Kapilvast Forest

राहतको चामलसँगै एमालेको चिठी, एमाले नगर अध्यक्ष सुब्बा भन्छन ठूलो इस्यू होइन

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

 

विराटनगर- कोरोना संक्रमित तथा विपन्न परिवारलाई दिइएको राहतमा ‘नेकपा एमालेको तर्फबाट’ चिठी पनि भेटिएको छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो ब स्तीमा राहत बाँड्यो ।

११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले राहत वितरण गरिएको थियो ।एमालेले अघिल्लो साता नै राहत बाँड्न खोजेको थियो । तर स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको भन्दै वडाध्यक्षले रोक्नु भयो ।

 

मंगलबार नगर प्रमुखले अनुमति दिएको भन्दै उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा राहत वितरण भयो ।उपमेयर गौमले राहतमा पार्टीको चिठी राखेको विषय आफूलाई थाहा नभएको बताउनु भयो । ‘चिठी छ भन्ने जानकारी भएन, उहीं पुगेपछि मात्रै थाहा भयो उहाँले भन्नु भयो ।’

राहतमा राजनीति गर्न खोजेको भन्दै विवाद भएपछि राहतको पोकोबाट पत्र निकालेर फ्याँकिएको थियो ।पत्रमा हस्ताक्षर गर्ने एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले भने विपन्न बस्तीमा रहेकाहरुलाई सान्त्वना स्वरुप राहत पठाएको बताउनु भयो । ‘राहत पठाएको बोरामा स्वास्थ्यलाभको कामना गरिएको छ,’ उहाँले भन्नु भयो , ‘यो ठूलो इस्यू बनाउने विषय होइन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu