Connect with us
Kapilvast Forest

आज अध्यादेशमार्फत् बजेटसार्वजनिक गरिँदै

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट अध्यादेशमार्फत् आज सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार सरकारले आज पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि कोरोनासङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रीत रहेर बजेट सार्वजनिक गर्र्नेछ । प्रतिनिधिसभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको रािष्ट्रय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले सीआईएनसँग बताउनुभयो ।

सरकारले ल्याउने बजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu