Connect with us
Kapilvast Forest

आईपीएलका बाँकी खेल सेप्टेम्बरदेखि यूएईमा हुने पक्का

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने भएका छन् । कोरोना महामारीका कारण रोकिएका बाँकी खेल आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने भएका हुन् ।

आईपीएलले यसअघि मागेको अनुमति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको आजको बैठकले पारित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने भएकाले यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बीसीसीआईका सचिव जय शाहले बताएका छन् ।

मे २ तारिखसम्म खेल भएकोमा भारतमा महामारी बढ्दै गएपछि गएको मे ४ तारिखदेखि आईपीएलका खेल रोकिएका थिए । खेल रोकिएपछि सबै विदेशी खेलाडी स्वदेश फर्किइसकेका छन् । खेलको तालिका केही दिनमै सार्वजनिक गरिने जनाइएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu