Connect with us
Kapilvast Forest

जापानमा सङ्कटकालको अवधि थप तीन हप्ता लम्बियो

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

japan

एजेन्सी – जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएकाे छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

त्यहाँका रेस्टुरेन्टहरुलाई जाँडरक्सी बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ । यस्तै, स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने छ।

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu