Connect with us
Kapilvast Forest

शान्ति पुर्नस्थापनाले मनायो तेस्रो राष्ट्रिय महिला अधिकार दिवस

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

 

कपिलवस्तु-नेपाल सरकारले २०७६ सालदेखि जेठ १६मा राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय रेअनुसार आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ । नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।‘

महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ योहि कार्यक्रम कोभिडको कारण विगतका वर्ष भन्दा फरक तरीकाले मनाएको छ ।

दिवसको अवसरमा शान्ति पुर्नस्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले अझै पनि समाजमा महिलालाई हेविभिन्न गातना दिएर दुर्व्यवहार, घरेलु हिंसा कायमै रहेको बताउनु भयो । यस्ता हिंसाविरुद्धको अभियानमा दिवसले सहयोग पुग्ने  बताउनु भयो ।महिला बिरुद्धको भेदभावलाई सोच तथा व्यवहारगत रुपमा अन्त्य गर्न स्पष्ट परिभाषाका साथै महिला विरुद्ध हुने भेदभाव विरुद्ध शून्य सहनशीलताको नीतिलाई स्थानीय देखि संघीय तहसम्मका सबै संरचनाहरुमा प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको संयोजक  भट्टराईले बताउनु भयो।

सोहि दिवसको अवसरमा कपिलवस्तुमा रहेर महिलाको सुरक्षा र अधिकारको रुपमा काम गर्दै आएको शान्ति पुर्नस्थापना गृह(prc) ले चन्द्रौटा र कृष्ण नगरमामा दुरि कायम गरि ब्यानर प्रदशन गरेर दिवसको अवसरमा “महिलाको सुरक्षा र अधिकार स् सकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने मुल नाराका साथ सस्थाले वडा प्रहरी कार्यालय चन्द्रौटाको सहभागीता र शिवराज नगरपालिका सहकार्यमा सचेतनामुलक व्यानर प्रर्दषन गरेको गरेको छ । सस्थाको कर्मचारी शुसिला खनालले बताउनु भयो ।

 

सस्थाले बेचविखनबाट प्रभावित तथा जोखिममा परेका महिला तथा युवतीलाई पुर्नस्थापित गरी परिवारसित पुर्नमिलन गराउनुका साथै औपचारीक शिक्षा प्रदान गर्ने लगायतका काम गर्दै आएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu