विपद व्यवस्थानपकालागि लुम्विनीका सबै जिल्लामा बजेट पठाएको छ :मन्त्री आचार्य
कपिलवस्तु -लुम्बिनी प्रदेशका सरकारले प्रदेश भित्र विपद व्यवस्थानपका लागि बजेट विनियोजन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । मन्त्री आचार्यले १२ वटै जिल्लाका लागि ७९ लाख रुपैया विनियोजन गरिएको बताउनुभयो ।
विशेषगरी तराईका जिल्ला रुपन्देही, दांङ र बांकेको निम्ती १०/१० लाख, कपिलबस्तु, बर्दिया, नवलपरासीका लागि ८/८ लाख रुपैया रकम विनियोजन भएको उहाले बताउनुभयो ।
यस्तै उहाले कोभिड महामारी नियन्त्रणका र संक्रमितको उपचारका लागि प्रदेशको सबै संयन्त्र लागि परेको समेत जानकारी दिनुभयो । साथै उहाले कोरोनाबाट बच्नका लागि सर्तकता अपनाउन प्रदेश बासीहरुलाई आग्रह समेत गर्नुभयो ।बुद्धआवाज टेलिभिजनसंग गरीएको कुराकानी बाट