Connect with us
Kapilvast Forest

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा ,८ मन्त्रालयसहित सरकारमा जाने तयारी

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-पार्टीभित्र देखिएको विवाद विभाजन तर्फ धकेलिएपनि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ ।

आफूसँग २० सांसद रहेको दावी गर्ने जसपाको ठाकुर पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर र महतोको टोली बालुवाटार पुगेको स्रोतले बताएको छ ।

जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै छ।

भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ। नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu