Connect with us
Kapilvast Forest

राससको महाप्रबन्धकमा १२ पत्रकारले हाले निवेदन

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

rss

काठमाडौं – समाचार प्रदायक संस्था राससको रिक्त महाप्रबन्धकका लागि १२ जनाको आवेदन परेको छ। सूचना तथा संचार प्रविधि मन्त्रालय स्रोतले जनाए अनुसार सोमबार ५ बजे सम्म आवेदन दिने अन्तिम समय थियो। राष्ट्रिय समाचार समिति रासस सरकारी स्वामित्वमा सञ्चालित संस्था हो ।

आवेदक मध्ये सुरेन्द्र नेपाली राससकै पुराना कर्मचारी हुन् भने श्याम रिमाल अहिले पनि त्यही कार्यरत छन्। नेपाल टेलिभिजनको महाप्रबन्धकमा आवेदन दिएर मौका नपाएका उदयपुरका मनोहरि थापा र नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य दोलखा निवासी पत्रकार बालकृष्ण बस्नेतले अन्तिम समयमा आवेदन दर्ता गराउनु भएको हो ।

दोलखाका पत्रकार टेकराज थामीले पनि आवेदन दिनु भएको छ । यसैगरी झापा घर भएका चर्चित टेलिभिजन पत्रकार विजय पौडेल, पत्रकारहरु बाराका माधव ढुंगेल, धनकुटाका शिद्धराज राई, सुर्खेतका सुर्यमणि गौतम, बुटवलका दीपक ज्ञवालीका साथै रामहरि सिलवाल, श्याम भट्टसहित १२ जनाको आवेदन परेको थाहा भएको छ। महिलाहरुको एक जना पनि आवेदन परेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu