Connect with us
Kapilvast Forest

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।

‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्‍य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको हो,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीअघि प्रति मेट्रिक टन ६०० देखि ६५० डलरमा पाइने क्रुड तोरी, सनफ्लावर, सोयबिनको कच्चा पदार्थको भाउ अहिले १२०० देखि १५०० डलर भन्दा बढी नाघेको संघको दाबी छ ।

भारतमा बढ्दो पेट्रोलियम पदार्थको मूल्‍यका कारण ढुवानी महँगो भएको तथा तेलका प्रशोधन र प्याकिङ लगायतका कच्चा पदार्थको मूल्‍य पनि महँगो भएकाले तेलमा मूल्‍यमा वृद्धि भएको संघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu