उज्वल थापाको स्वास्थ्य गम्भीर, अस्पताल भन्छ, ‘भ्रम नफैलाइदिनुस’
काठमाडौं-विवकशील साझा पार्टीको पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अस्पताल स्रोतका अनुसार उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
ललितपुरस्थित नेपाल मेडीसीटी अस्पतालमा उपचाररत थापाको अवस्था गम्भीर रहेको अस्पतालका कोभिड फोकल पर्सन नरेन्द्र तिम्सिनाले बताउनु भयो । तर बाहिर अनावश्यक हल्ला फैलाइएको उहाँले बताउनु भयो ।
उहाँ कोरोना संक्रमणमुक्त भइसक्नु भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि ग्रान्डी अस्पतालबाट रगतबाट अक्सिजन दिएर उपचार गर्नका लागि उहाँलाई मेडिसिटी अस्पताल लगिएको थियो ।