Connect with us
Kapilvast Forest

ठाकुर- महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

२०७८, १९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहनु भएको थियो । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी हुनु भएको थियो । अहिले उहाँ स्वास्थ्यमन्त्री हुनुन्छ ।

स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल भएको छ ।जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गर्नु भएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu