गुल्मीमा १६२५ जना कोरोना संक्रमण मुक्त
गुल्मी – गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् ।कुल संक्रमित २,२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
हाल जिल्लामा ६०७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन् । २३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।कोरोनाको दोस्रो लहरमा जिल्लामा ८१ जनाको मृत्यु भएको छ । जिल्लाभर १७१ बेडको आइसोलेशन तयार गरिएको छ ।
हाल जिल्लामा २७७ वटा अक्सिजन सिलिण्डर रहेका छन् भने ३९ वटा एम्बुलेन्स रहेका छन् ।पहिलो चरणमा २२ हजार ५७८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाइसकेका छन् । जसमध्ये दोस्रो चरण कोखोप लगाउने ४ हजार ३१६ जना रहेका छन् ।जिल्लामा जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ ।