Connect with us
Kapilvast Forest

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

२०७८, १९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताउनु भयो । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताउनु भयो ।

‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा सहभागी नेता जयन्ती राईका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिनु भएको थियो । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो ।

‘हामी पनि एकताको विपक्षमा छैनौं । तर केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुन्न भन्ने धेरैजसो सहभागीहरुले सुझाव दिएका छौं,’ राईले भन्नु भयो । बैठकमा अध्यक्ष ओली निकट जनसंगठनका नेताहरुले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाइएको थियो ।

‘पार्टीबाट निष्कासन गर्ने निर्णय भएमा स्वागत गर्छौ भनेर विज्ञप्ति जारी गरियो । केपी ओलीकै निर्देशनमा विज्ञप्ति आएको हो भन्ने छलफल भयो । यस्तो विज्ञप्तिले एकता जोगाउन सकिन्न,’ राईले भन्नु भयो ।

जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरुले सुझाव दिएका छन् । तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताहरुको भनाइ थियो । बैठकले जनसंगठनका नेताहरुले संयुक्त वक्तव्य जारी गर्ने पनि निर्णय गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu