Connect with us
Kapilvast Forest

अलविदा बड्कु बाबू

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका कपिलवस्तुका नेता तत्कालीन राजपाका केन्द्रिय सदस्य राम प्रकाश चौधरी बड्कु बाबुको निधन भएको छ । लामो समय देखि कोभिड १९ ले पीडित चौधरीको मृत्यु भएको जसपाका केन्द्रिय सदस्य रविदत्त मिश्रले जानकारी दिनु भयो ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ घर भएका चौधरी कोरोना संक्रमित भई तौलिहवा अस्पतालमा झण्डै ३ हप्तासम्म र थप उपचारका लागि भारतको लखनउमा रहेको शहारा हस्पिटलमा उपचाररत रहेको चौधरीको गएराती मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिनु भयो । चौधरीको मृत्युले जसपालाइ ठूलो क्षति भएको जसपा नेता मिश्रले जानकारी दिनु भयो ।

चौधरी गत २०७४ प्रदेश सभा निर्वाचनमा राजपाबाट कपिलवस्तु क्षेत्र नं ३ ख को प्रदेश सभा उम्मेदवार समेत रहेका थिए । चौधरीलाई पराजित गर्दै काग्रेंसका बिरेन्द्र कनोडिया बिजयी भएका हुन ।

मधेसको हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउने चौधरीले जिवनभर कुनैपनी राजनीतिक फाइदा पाउन सकेन्न । पार्टिको निर्देशन अनुसार उनले काम गर्दै आएको थिए । पार्टी सरकारमा नगदा उनले अवसर नपाएको कतिपय जानकारले बताउछन । कपिलवस्तुले एउटा होनहार, डाइनेमिक युवा नेता गुमाउँदा अतुलनिय क्षतिले छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu