Connect with us
Kapilvast Forest

पञ्चेश्वर दुर्घटना : मृतकका परिवारलाई राहत, छोराछोरीलाई छात्रवृत्ति

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

बैतडी -बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई राहत दिने भएको गाउँपालिकाले जनाएको छ ।

चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने र वडा सदस्य भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको ५ जनाको परिवारलाई प्रति परिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । तत्कालका लागि मृतकका परिवारलाई ५० हजारका दरले उपलब्ध गराइसकिएको छ । उनले भने, “मृतकका परिवारलाई व्यवसाय गर्नका लागि एक लाखका दरले अनुदान दिने निर्णय समेत भएको छ, दुर्घटनामा घाइते र मृत्यु भएका गरी १० परिवारका लागि महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक वर्षमा अनुदान दिने समेत निर्णय गरेका हौं ।”

यसका साथै दुर्घटनामा घरका पुरुष मानिस बितेपछि महिलाहरुलाई जीविकोपार्जनमा समस्या भएकोले व्यावसायिक अनुदान दिने निर्णय भएको अध्यक्ष चन्दको भनाई छ । मृत्यु भएका परिवारका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको छ । यसैगरी सो दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा लाग्ने खर्च मध्ये ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने र जिप दुर्घटनामा परी मृत्यु भएका परिवारले महाकाली यातायातबाट पाउने क्षतिपूर्ति प्राप्तिका लागि पहल गर्ने निर्णय समेत भएको छ ।

पीडित परिवारलाई सहयोग पुर्याउन राहत कोष स्थापना गरिएको र सो कोषमा जम्मा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष चन्दले बताए । उनले भने, “राहत कोष स्थापना गरेर केही रकम जम्मा गरेको गरेका छौं, थप रकम जम्मा गर्नका लागि सहयोगको लागि आह्वान गरिएको छ । कोषमा जम्मा भएको रकम पीडित परिवारलाई हस्तान्तरण गर्छौं ।”

वैशाख २० गते साँझ चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको निधन भएको थियो । भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा से १ ज १२३ नम्बरको जिप गणमेश्वर मन्दिर नजिकै दुर्घटना भई देवल गाउँका अन्य ५ सहित ६ जनाको निधन भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu