Connect with us
Kapilvast Forest

कोरोनाबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाऔँ:अध्यक्ष बन्जाडे

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

केशव बेल्वासे, कपिलवस्तु-कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्ने नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखा अध्यक्ष गोपाल बन्जाडेलले जोड दिनुभएको छ । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर ध्यान दिन आग्रह गनुभएको हो ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन उँहाकोे सुझाव छ । कार्यक्रम जिवन रक्षामा बोल्दै होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुने बताउनु भयो ।

यस्ता औषधिको सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्ने बताउनुभयो । विभिन्न असुरो, तालिसपत्र, नागकेशर, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधु जस्ता जडीबुटीहरू अधिक मात्रामा प्रयोग गर्न सकिने बताउनुभयो ।

महामारीमा तनाव व्यवस्थापन गर्न योग, ध्यान जस्ता कुरामाा ध्यान दिन सकिने बताउनुभयो । शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने उहाको भनाई छ । कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यस्ता उपाय अवलम्बन गर्न आह्वान समेत गनुभएको छ ।

कोनाबाट सफलता प्रप्त गर्नका लागी खानपानमा विशेष ध्यान दिन आवश्यक रहेको बताउदै हामीले दैनिक स्वास्थलाई आवश्यकता अनुसार तागतिलो र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्ने बताउनुभयो ।

जसमा झोलिलो खानेकुरा सुप, गेडागुडी, दाल, भिटामिन प्राप्त हुने खानेकुरा, दुध, दही, माछा मासु, अण्डा, हरियो सागसब्जी प्रसस्त मात्रामा दैनिक सेवन गर्न पनि आग्रह गनुभयो ।

नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखाले कपिलवस्तुका भिन्न ठाउँका आइसोलेशनमा पुगेर कोरोना संक्रमितका लागी आयुर्वेद औषधी वितरण, योग, ध्यान जस्ता कुरामा सल्लाह मनोबल उच्च राख्नका लागी परामर्श दिने काम गरीरहेको अध्यक्ष बन्जाडेले बताउनुभयो ।

कोरोनाको संक्रमण हाल भित्रि बस्तिकरुमा फैलदो रहेकोले गाउँ गाउँमा परीक्षण्को दायरा बढाउनुपर्ने र सबै सचेत बनेर कोरोनाको लक्ष्ण देखिएमा कोरोना परीक्षण गर्न पनि आग्रह गनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu