सांसदबाट हटेपछि कृष्ण थापाद्वारा गाडी फिर्ता
कास्की — पार्टीले सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्र पठाएसँगै राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू चढ्दै आएको गाडी फिर्ता गनुृ भउको छ । प्रदेश मामिला समितिका सभापतिसमेत रहेका उनले शुक्रबार प्रदेशसभा सचिवालयमा आफूले चढ्दै आएको ग१झ ३७१ नम्बरको स्करपियो जिप फिर्ता गर्नु भएको हो ।
उहाँले प्रदेश मामिला समिति सभापतिको हैसियतमा तीन वर्षदेखि उक्त गाडी चढ्दै आउनुभएको थियो । थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो । यसअघि उनलाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाटसमेत हटाइएको थियो ।
थापा बागलुड १ को ‘ख’ बाट निर्वाचित सांसद हुनुन्थ्यो । सरकारविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्तावमा राजमोले समर्थन गरेको थियो । उक्त प्रस्तावमाथि आफ्ना सांसदलाई ह्विपसमेत जारी गरेको थियो । अविश्वास प्रस्तावको सामना गर्नुअघि नै मुख्यमन्त्री पदबाट पृथ्वी सुब्बा गुरुडले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको आवहान गर्नु भएको थियो ।