Connect with us
Kapilvast Forest

पत्रकारिता क्षेत्रमा प्रवेश अघि सरकारले परीक्षा लिने

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिनु भयो । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उहाँको भनाई छ ।

सो प्रतिष्ठान कार्यान्वयनका लागि एउटा कार्यदल पनि गठन गरेको मन्त्री गुरुङले जानकारी दिनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । बजेट बक्तब्यबाट आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने विषय आएपछि मन्त्रालयले द्रुत गतिमा कार्यविधि र कार्यदल बनाएको मन्त्री गुरुङको भनाई छ ।

उहाँले सरकारी कर्मचारी हुन लोकसेवा पास गरेपछि पनि तालिम लिनुपर्ने, नेपाली सेना, प्रहरीमा प्रवेशपछि पनि तालिम लिनुपर्ने व्यवस्था भएको बताउँदै पत्रकारहरु अझ बढी जवाफदेही भएकोले उनीहरुका लागि आमसञ्चार प्रतिष्ठान गेम चेन्जर भएको उल्लेख गर्नु भयो ।

उहाँले सो प्रतिष्ठानलाई कसरी अघि बढाउनेबारे पत्रकार महासंघ, सरोकारवाला पक्षसँग मस्यौदा बनाएर सुझाव लिने बताउँदै सकिन्छ भने साउन १ गते देखि नै आमसञ्चार प्रतिष्ठानलाई स्वायत्त विकास समितिको रुपमा अघि बढाउन लागेको जानकारी दिनु भयो ।

उहाँले आफू मन्त्री हुनुभन्दा पहिले पनि आमसञ्चार क्षेत्रमा समस्या छन् भन्ने थाहा पाएको बताउँदै मन्त्री भएपछि पत्रकार महासंघ, मिडिया हाउसका सञ्चालकहरुसँग अन्तरक्रिया गरेर काम गर्दै गएको उल्लेख गर्नु भयो । साथै मन्त्री गुरुङले सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दलले पनि विरोध नगरेको दावी गर्नु भयो । प्रतिपक्षी दलले बजेटको विरोधमा विज्ञप्ति निकाले पनि विरोधको बिषय नपाएको मन्त्री गुरुङले बताउनु भयो ।

यस्तै पत्रकार महासंघले पनि बजेटको स्वागत गर्नु सुखद कुरा रहेको बताए । महासंघमा सरकार रहेको दलबाट नभई प्रतिपक्षी दलका तर्फबाट कार्यसमिति विजयी भएको बताउँदै महासंघले जहिले पनि बजेटमा असन्तुष्टि जनाउने गरेकोमा यो पटक समर्थन गर्नु सरकारका लागि उपलव्धीमुलक रहेको उल्लेख गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu