कपिलवस्तुमा निषेधाज्ञाको प्रभाव, कोरोना संक्रमितको संख्या निरन्तर घटदै
कपिलवस्तु-एक महिने लामो लकडाउन पछि कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै गएको छ । गत बैशाख २१ देखि जिल्लामा निषेधाज्ञा जारी छ । त्यस यता निरन्तर संक्रमितको संख्या बढीरहेको बेला एक साता यता भने कोरोना संक्रमिको संख्या घटदै गएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जेठ २० गते साझ सम्म जिल्लामा ६ सय ८४ जना मात्र सकृय संक्रमित छन ।
पहिलो र दोश्रो लहर गरी जिल्लामा ५ हजार २०६ जना संक्रमित भएकोमा ४ हजार ३३८ जना संचो भई घर फर्कि सकेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो । जेठ २० गते सम्म १ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । संक्रमित मध्ये अधिकांस होम आइसोलेशनमा बसेका छन ।
जिल्ला अस्पतालमा अहिले २१ जना मात्र कोरानो संक्रमित उपचाररत रहेको डाक्टर गणेश क्षेत्रीले बताए । ५ जना आईसुयुमा छन । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले एक साता यता कोरोना संक्रमित र मृत्युको संख्या निरन्तर घटेको बताउनु भयो । उनले संख्या घटनुको कारण लकडाउन समेत रहेको बताउनु भयो ।
तर पालिकाहरुमा टेस्ट गराउनेको संख्या निकै कम भएको उहाँले बताउनु भयो । कोरोना संक्रमितको संख्या निरन्तर घट भने आउने जेठ २४ सम्म नै जिल्लामा सुक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा कम हुने अनुमान गरिएको छ । कोरोना संक्रमितको संख्या कम भएसंगै बिस्तारै लकडाउनका स्वरुप परिवर्तन हुने प्रशासन श्रोतले जनाएको छ ।