Connect with us
Kapilvast Forest

वृजेश गुप्ताद्वारा मन्त्रीको ‘अफर’ अस्वीकार

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-हृदयश त्रिपाठी संयोजक रहेको स्वतन्त्र राजनीतिक समूहबाट एमालेको चुनाव चिन्हमा चुनाव जितेका वृजेश गुप्तालाई प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्री बन्नका लागि पटक पटक आग्रह गरेपनि उहाँले अस्वीकार गर्नु भएको छ ।

हिजो जसपा नेपालका मन्त्रीहरु सपथ खान तयार भइरहेको बेला प्रधानमन्त्री अ‍ोलीले वृजेश गुप्तालाई फोन गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर उनले बन्न अस्वीकार गरेका हुन् ।

उनले भने, हिजो मात्र होइन, पहिला पनि मलाई प्रधानमन्त्री अ‍ोलीले सरकारमा आउन आग्रह गर्नुभएको थियो । तर मलाई सरकारमा सहभागी हुने कहिले इच्छा नै आएन । अहिले आएर त झन प्रतिनिधिसभा विघटन भएकाले म सांसद छैन त्यही भएर नैतिकताको हिसाबले म मन्त्री बन्न चाहिनँ ।’

समूहका संयोजक ह्रदयश त्रिपाठीले पनि गुप्तालाई मन्त्री पद दिन खोज्दा उनले अस्वीकार गरेको साक्षी आफू रहेको बताएका छन् । उनले अद्भुत र उच्च नैतिकता गुप्तामा भएको भन्दै फेसबुकमार्फत सलाम पनि गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu