Connect with us
Kapilvast Forest

सिरहामा अज्ञात समूहबाट औषधि व्यवसायीमाथि गोली प्रहार

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

goli
प्रतिनिधिमुलक तस्विर

लाहान -सिरहामा एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा औषधि पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीलाई शनिबार राती ४ जनाको समूहमा आएका अज्ञात समूहले गोली प्रहार प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट औषधि व्यवसायी साफी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उहाँको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ ।उहाँको दाँया खुट्टा र हातमा गोली लागेको छ ।

पसलमा हिसाब मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी हतियारधारी समूहले गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ भने गोली प्रहारमा संलग्न रहेको अशंकामा तीन जनालाई पक्राउ गरिएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu