मैत्रीपूर्ण फुटबलमा वेल्स र अल्बानियाको गोलरहित बराबरी
एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले बराबरी खेलेका छन् ।युरोकप फुटबलको तयारीस्वरूप शनिबार राति भएको मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । युरोकप फुटबल जुन ११ देखि शुरु हुँदैछ ।वेल्स समूह ‘ए’ मा रहेको छ । यस समूहमा टर्की, इटाली र स्वीट्जरल्याण्ड छन् ।