Connect with us
Kapilvast Forest

भारतमा संक्रमण नियन्त्रण नहुँदै नाकामा भारत जानेकाे भीड

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

धनगढी- कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न ।घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान थालेका हुन । उता, केहि न केहि काम पाई हाल्ने आशमा गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली कामदार ज्यान जोगाउन स्वदेश फर्केका थिए । स्वदेश फर्केका कामदारसङ्गै नयाँ भेरियन्टसहितको कोरोना पनि भित्रिएको थियो । अहिले पनि नेपाल, भारत दुबै देशमा कोरोना महामारीको जोखिम उच्च नै छ । तैपनि, आर्थिक समस्या आइपरेपछि बाध्य भएर कामको खोजीमा पुनः भारततिर जान थालेको कामदारहरु बताउँछन् ।

गोदावरी नगरपालिका(७ का चन्द्रबहादुर विष्टले आर्थिक समस्याका कारण कोरोना जोखिमकैबीच कामको खोजीमा भारत जान लागेको बताउनुभयो । उहाँले लागेको ऋण तिर्न र बालबच्चा पाल्न घरमा बसेर सकिन्नू, उहाँले भन्नुभयो । बाध्यताले कोरोना जोखिमकैबीच कामको खोजीमा जादैछु ।

कोरोना सङ्क्रमणका कारण भारतको कैयौं सहरमा धमाधम लकडाउन भएपछि कतिपय नेपाली बेरोजगार भएका कारण फर्किएका थिए, भने कतिपय कोरोनाको त्रासले । फर्केको केहि समयपछि फेरि उतै जान थालेका छ्न । पहिलो लहरको कोरोना सङ्क्रमणको बेला पनि भारतबाट फर्केका नेपाली कामदार महामारीकैबीच कामको खोजीमा भारततिरै गएका थिए ।

आफ्नो मुलुकमा रोजगारी नपाएकाले आफू जस्ता निम्न वर्गका धेरै व्यक्ति रोग, भोकसमेत नमानेर भारत जान बाध्य भइरहेको जोशीपुर गाउँपालिकाका पदमराज अवस्थीले बताउनुभयो । यहाँ रोजगारी नपाएकाले गरिबीका कारण भारतमा गएर गुजारा गर्दै आएको उहाँको भनाइ थियो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण चैतदेखि बढेको थियो । वैशाखमा सङ्क्रमण र मृत्युदर निकै उच्च भएको बेला गौरीफन्टा नाकाबाट तीन हजार ९९३ जना भारततिर गएका छन । यसैगरी, जेठको हालसम्म पाँच हजार ६८९ जना नेपाली भारततर्फ गएको त्रिनगर हेल्थ डेस्कले जनाएको छ । चैतदेखि हालसम्म गौरीफन्टा नाका भएरमात्रै १८ हजार ७७२ जना भारततिर गइसकेको डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu