Connect with us
Kapilvast Forest

प्यूठानमा दुई पक्की पुल बने, ६ वटा अन्तिम चरणमा

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

तस्विर झिमरुक नदीमा बनेको स्याउलीघारी पक्की पुल । 

प्यूठान- प्यूठानमा यो वर्ष दुई वटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् ।पूर्वाधार विकास कार्यालय रोल्पाले निर्माण थालेका नौवटा पुलमध्ये एक र सडक डिभिजन कार्यालयले निर्माण थालेका १२ वटामध्ये एकवटा पुल निर्माण सम्पन्न भएका हुन् ।
अन्य स्थानमा १९ वटा पक्की पुलको काम भने जारी रहेको छ । प्यूठानमा बन्दाबन्दीमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिइएको छ । मजदुरहरुले सामाजिक दुरी कायम गर्दै निर्माण कार्य गरिरहेका छन।

प्यूठानको झिमरुक–७ स्थित मच्छी– ढाँड स्याउलीघारी पक्की पुलको निर्माण कार्य सकिएको छ।
२०७२ असोजमा सम्झौता भई काम थालिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालय रोल्पाका निमित्त प्रमुख दिपक खड्काले बताउनुभयो ।१०२ मिटर लम्बाइ र ५.४५ मिटर चौडाइ रहेको पुल ४ करोड २ लाख ७८ हजार १ सय २ रुपियाँ लागतमा निर्माण गरिएकोे हो ।

 

दुई करोड ६० लाख १९ हजार रुपियाँको लागतमा २०७४ जेठमा सम्झौता भएको सरुमारानी –२ को सुकाखोलाको पक्की पुल पनि यस वर्षमै सम्पन्न भएकोे सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

निर्माणधीन अन्य पूर्वाधार र सडक डिभिजनका ६ वटा मोटर चल्ने पुल अन्तिम चरणमा पुगेका हुन।
पुर्वाधार अन्तर्गतको बांदिकोट स्थित बालुवाखोला पुल अन्तिम चरणमा पुगेको छ। त्यस्तै,सडक अन्तर्गतको लुङखोला,सिरानखोला,झिमरुक खोला,ऐरावती र माझिदमार डाब्रपुल अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख बिनोद सापकोटाले जानकारी दिनुभयो। कोभिड फैलदा काम गर्न गाह्रो भएको उहाँले बताउनुभयो। साप्कोटाले भन्नुभयो, ’ यो बर्ष ६ वटा सकिन पर्ने हो, तीन वटा पुल यश बर्ष पूरा हुन्छन भन्ने आश छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu