एमाले जेठ ३ मा फर्किए, त्यसयता भएका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्र ?:भट्टराई
काठमाडौं-जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई जेठ ३ गते फर्कने निर्णय गरेलगत्तै समग्र एमालेलाई प्रश्न गर्नु भएको छ ।
उहाँले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्- एमाले कणहरूसँग जिज्ञासा तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २-२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यतिरओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्र?