Connect with us
Kapilvast Forest

जंगली च्याउँ खाँदा इलाममा चारजना बिरामी, दुई गम्भीर

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

 

इलाम- विषालु जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी भएका छन्। सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन्।

जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ वीरमानको घरमा पकाएर खाएका थिए। जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेका अस्पतालले जनाएको छ। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu