Connect with us
Kapilvast Forest

गार्हस्थ्य उत्पादन वृद्धिमा लुम्बिनी प्रदेश दोस्रो

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौ-भैरहवा-लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षमा वृद्धि भएर ३.९ प्रतिशत हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । गत आर्थिक वर्ष २०७६-०७७ मा १.८ प्रतिशत ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा सुधार भएर ३.९ को हाराहारीमा पुग्ने प्रक्षेपण आयोगले केही समय अघि सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय योजना आयोगले चालु वर्षमा कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशत पुग्ने अनुमार गरेपनि लुम्बिनी प्रदेश योजना आयोगले भने ४ प्रतिशतको हाराहारीमा हुने जनाएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले आयोगले नै गत आर्थिक वर्ष २०७६(०७७ को तुलनामा चालु वर्षमा धेरै सुधार भएको उल्लेख गरेको भन्दै अहिले लुम्बिनी प्रदेशको आर्थिक सूचकांकहरु सुधारोन्मुख एवं राम्रो भएकाले गार्हस्थ्य वृद्धि दर ४ प्रतिशतकै हाराहारीमा पुग्ने बताउनु भयो । कुल गार्हस्थ्य वृद्धि दर बागमती प्रदेशपछि लुम्बिनी प्रदेशको राम्रो हो ।

“योजना आयोगलको प्रक्षेपण वैशाख मध्यदेखि सुरु भएको निषेधाज्ञाको अवधि २ हप्ता हुने अनुमानसहित सार्वजनिक भएको र अहिले निषेधाज्ञा जारी रहँदा पनि लुम्बिनी प्रदेशका खाद्यलगायत अन्य विकासका पूर्वाधारका सामान उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेका, चालु वर्षमा पनि कोरोना महामारीका बाबजुद अर्ब भन्दा बढी लगानीका खाद्य एवं पूर्वाधार सम्बन्धि उद्योगहरु स्थापना भई सञ्चालनमा आएका, राजस्व संकलन पनि लक्ष्य अनुसार नै भएकोले पनि आर्थिक गतिविधिमा सुधार भएको संकेत दिन्छ, त्यसैले कृषि, वन, निर्माण, उत्पादन, बैंक तथा वित्तीय सस्था, पानी, खाद्य, रियल स्टेट, स्वास्थ्य, सामाजिक विकासलगायतका २१ आर्थिक कृयाकलापलाई आधार मान्दा चालु वर्षमा धेरै सुधार भएकाले योजना आयोगले भनेझै ३.९ प्रतिशत मात्र नभइ ४ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान हाम्रो छ” डा गौतमले भन्नु भयो ।

तर आयोगले भने झै सेवा क्षेत्रका उद्योगहरु होटल, रेष्टुरेन्ट, ट्राभल एण्ड टरजिम, पर्यटन विकास, यातायात लगायतका क्षेत्रहरुको वृद्धिदर भने नकारात्मक नै रहने देखिएको उहाँले बताउनु भयो । होटल रेष्टुरेन्ट, ट्राभल, टुरिजम, २०७६ चैत्रबाटै बन्दाबन्दीकै अवस्थामा रहेको उपाध्यक्ष डा गौतमले बताउनु भयो ।
योजना आयोगका अनुसार चालु आबमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५ खर्ब ९६ अर्ब हुने अनुमान छ । गत आर्थिक वर्षका संशोधित अनुमान ५ खर्ब ५० अर्ब रहेको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३१.९ प्रतिशत र सबैभन्दा कम ०.४ प्रतिशत प्रशासनिक सहयोगी क्षेत्रको रहेको छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय योगदानमा १४ प्रतिशत हिस्सा रहेको लुम्बिनीले चालुमा पनि १४ प्रतिशतकै हाराहारीमा योगदानको अनुमान योजना आयोगको छ ।राष्ट्रिय योगदानमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको ३७.७ प्रतिशत र त्यसपछि प्रदेश १ को १५.६ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादन वृद्धिमा बागमती प्रदेश ४.७ छ भने लुम्बिनी प्रदेश दोश्रो स्थानमा छ । प्रदेश–१, गण्डकी र कर्णालीको वृद्धिदर ३.६ , प्रदेश–२ को ३.५ र सबैभन्दा कम सुदूरपश्चिमको ३।४ प्रतिशत रहेको छ ।

बजेटको तयारी   स्वास्थ्य मुख्य प्राथमिकता

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालय आव २०७८(०७९ को बजेटको तयारीमा लागेको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले बजेटमा मुख्य रुपमा स्वास्थ्यलाई प्राथमिकता दिइने गरी तयारी भइरहेको बताउनु भयो । कोभिड नियन्त्रण, उपचार, अस्पतालहरुको स्तरोन्नती, पालिकामा अस्पताललगायत मुख्य प्राथमिकतामा छन् ।

“अहिलेको मुख्य प्राथमिकता भनेको कोभिडको मारमा परेका नागरिकलाई कसरी माथि उठाउने भन्ने हो, जनतालाई कसरी माथि उठाउन सकिन्छ र के गर्न सकिन्छ, हामी त्यसैमा जुटेका छौं”, सचिव अधिकारीले भन्नु भयो । स्वास्थ्य पछि कृषि र सीप विकास पनि अहिले प्राथमिकतामा रहेको सचिव अधिकारीले बताउनु भयो ।

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८-०७९ को अनुमानित बजेटको चालु वर्षकै सेरोफेरोमा रहने उहाँले बताउनु भयो । चालु वर्षको लुम्बिनी प्रदेशको बजेट ३६ अर्ब ३५ करोड २५ लाख रूपैयाँ रहेको थियो । बजेट अनुसार वैशाखसम्म ५३ प्रतिशत खर्च भएको अधिकारीले बताउनु भयो । यो समाचार आजको कारोवार दैनिकमा छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu