Connect with us
Kapilvast Forest

सुदूरपश्चिम एमाले संसदीय दलको प्रमुख सचेतकमा दुर्गाकुमारी

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

धनगढी — मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत लिन निर्णय गरेको बेला नेकपा एमाले संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी हेरफेर गरेको छ ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकको जिम्मेवारीमा यसअघि सचेतक रहेकी दुर्गाकुमारी कामीलाई नियुक्त गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

त्यसअघि प्रमुख सचेतक तारा लामा तामाङलाई पदमुक्त गरेर लालबहादुर खड्कालाई ल्याइएको थियो । खड्का मन्त्री हुनु भएको छ । उहाँ मन्त्री नियुक्त भएपछि सचेत तोकिएकी कामीलाई प्रमुख सचेतक बनाइएको हो ।

एमालेभित्र ओली र नेपाल दुवैतर्फबाट कारबाहीका शृंखला चलिरहेका बेला प्रदेशसभामा प्रमुख सचेतक निकै महत्त्वपूर्ण पद मानिन्छ । नेपाल पक्षको बहुमतमा रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रलाई प्रमुख सचेतकको जिम्मेवारीमा ल्याएको हो ।

एमालेभित्र अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद पेचिलो बनिरहेका बेला नेपाल पक्षमा बहुमत रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रहरुलाई विभिन्न जिम्मेवारीमा ल्याइरहेको छ । सांसद कामी पनि नेपाल पक्षधर सांसद हुनुन्छ ।

 

त्यसअघि प्रमुख सचेतक तारा लामा तामाङ हुनुन्थ्यो । एमालेभित्र ओली र नेपाल पक्षबीच विवाद चर्किदै गएपछि दलका नेता शाहले तामाङलाई हटाएर प्रदेशसभा सदस्य लालबहादुर खड्कालाई नियुक्त गर्नु भएको थियो ।

एक साताअघि खड्का सामाजिक विकास मन्त्री बनेपछि सचेतक रहेकी कामीलाई प्रमुख सचेतक बनाइएको हो । त्यससँगै एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तामाङलाई प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ ।

उहाँको स्थानमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu