Connect with us
Kapilvast Forest

दिउसाे सामान बेच्ने भाटभटेनीलाई चार लाख जरिवाना

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं -निषेधाज्ञाको समयमा सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखालाई चार लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिनु भएको हो ।

पराजुलीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको जानकारी दिए। सोमबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा दिउँसो पनि सामान बिक्री गरेको पाइएको थियो।

सरकारले केहीअघि जारी गरेको अध्यादेश अनुसार व्यक्तिले आदेशको उल्लंघन गरे एक लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ। स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो। उनलाई प्रशासनकाे आदेशमा छाेडिएकाे प्रहरीले जनाएकाे छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu