Connect with us
Kapilvast Forest

राजस्व छलीको आरोपमा १० जनाविरुद्ध मुद्दा 

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

rajosso.jpg

काठमाडौं-राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने १० जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १७ करोड ७ लाख बराबरको विगो असुल उपर गरी जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।

यसरी मुद्दा दर्ता गरिनेमा सुनसरी जिल्ला धरान उप–महानगरपलिका १२ बस्ने ग्लोवल इम्पेक्स इन्टरनेशनलका संचालक किसन कुमार अग्रवालल, सोही स्थानमा बस्ने एसएन इन्टरनेशनलका संचालक राम निवास अग्रवाल, रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ बस्ने श्याम कुमार वानिया र भारत घर भएका मनमोहन जयसवाल, भारत स्थायी घर भई हाल काठमाडौं कुलेश्वर बस्ने सत्यनारायण प्रसाद, रौतहट वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारी तथा पर्सा वीरगञ्ज महानगरपालिका भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवार छन् ।

झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी ४ करोड ४२ लाख ७ हजार ६ सय ७४ रुपैयाँको राजस्व चुहावट गरेको आरोप किसन अग्रवाललाई लागेको छ भने ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप राम अग्रवाललाई लगाइएको छ । विभागले दुवै जनालाई सोही बमोजिम विगो असुल गरी जरिवाना र कैद मागदावी गर्दै गत आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
त्यस्तै वानिया र जयसवाललाई ५ करोड ५० लाख ८४ हजार ४२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसिपुरमा वैशाख २१ गते मुद्दा दायर गरिएको जनाइएको छ । साथै भुसा सप्लायर्सका कलवार समेत ४ जनालाई भन्सार चोरी पैठारी गरी १ करोड २२ लाख ५० हजार ९ सय ८ रुपैयाँ राजस्व चुहावट गरेको अभियोग लगाइएको छ । उनीहरु विरुद्ध वैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जमा मुद्दा दायर गरिएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै बिल विजक जारी नगरी ९९ लाख ७५ हजार ६ सय रुपैयाँ आयकर छली गरेको अभियोगमा सत्यनारायण प्रसादलाई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । साथै भन्सार चोरी पैठारी गरी ४० लाख रुपैयाँको राजस्व चुहावट गरेको अभियोगमा तिवारीलाई उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दायर गरिएको छ । सम्बन्धित सबैलाई अदालत समक्ष विगो असुल उपर गरी जरीवाना र कैद सजायको माग समेत गरिएको छ ।कारोवार दैनिक

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu