मैत्रीपुर्ण खेलमा जर्मनीले हान्यो सात गोल
एजेन्सी- अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले लाटभियाविरुद्ध सात गोल गरेको छ । गएराति भएको खेलमा जर्मनीले लाटभियालाई ७-१ गोलले पराजित गरेको हो ।
युरो कपको दाबेदारका रुपमा हेरिएको जर्मनीले सानदार जित हात पारेको हो जर्मनीका लागि रोबिन गोसेन्स, इक्ले गुण्डोन, थोमस मुलर, सर्जी जिनेब्री, टिमो वर्नर र लिओरो सानेले एकएक गोल गरे ।
रोबर्ट्स ओजोल्सले लाटभियाका लागि आत्मघाती गोल गरे । त्यस्तै लाटभियाका लागि एकमात्र गोल साभालजेभ्सले गरे ।